Thursday 23rd July 2026

स्वीट्जरल्याण्डद्वारा नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामग्री प्रदान


तितोपाटी- स्वीट्जरल्याण्डले नेपाललाई कोभिड–१९ संकटसँग लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य सामग्री बोकेको एक विशेष कार्गो विमान आज बिहानै काठमाडौं आइपुगेको छ । उक्त सामग्री स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

विनासकारी कोभिड–१९ संकटसँग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले यो सहयोग उपलब्ध गराएको हो । कूल तीस टन तौल, अमेरिकी डलर ८० लाख (नेपाली रुपैंया झण्डै ९४ करोड) बराबरको स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् । भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर र सुरक्षा उपकरणले नेपालका विभिन्न अस्पतालले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनेछ भने एण्टिजेन परीक्षणले स्वास्थ्य परीक्षण, सामुदायिक स्तरमा निगरानी र बिरामीहरूको शिघ्र आइसोलेशनलाई सहज बनाउँदै भाइरसको फैलावटलाई अनुगमन र नियन्त्रण गर्न सघाउ पुर्‍याउनेछ । “स्वीट्जरल्याण्ड कोभिड–१९ महामारी विरुद्धको लडाइँमा नेपाल र नेपालीहरूसँग ऐक्यवद्धतामा उभिन्छ । यी अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसहरूको ज्यान बचाउँछ र महामारी नियन्त्रण गर्न र रोक्न नेपाल सरकारलाई थप सघाउ पुर्‍याउनेछ,” नेपालका लागि स्विट्जरल्याण्डकी राजदुत एलिजावेथ भोन क्यापेलरले भनिन् ।स्वीट्जरल्यान्डले यसअघि पनि नेपाललाई विभिन्न सहयोग गर्दै आएको छ ।
प्रदेश १ का दुई अस्पतालहरुमा स्वास्थ्यजन्य फोहरको सुरक्षित व्यवस्थापन प्रणाली र स्वच्छ खानेपानी प्रणालीको स्थापना भैसकेका छन् । स्वीट्जरल्याण्डले कृषक परिवारलाई विउ लगायतका महत्वपूर्ण कृषि सामग्री उपलब्ध गराउन स्थानीय व्यापारीहरूलाई परिचालन गर्ने कार्यक्रम पनि स्थापना गरेको छ ।

बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...