Thursday 10th September 2026

नेपालमा कोरोनाको भयावह अबस्था, एकै दिनमा १३९ जनाको मृत्यु


तीतोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै चपेटामा पारेको कोरोना भाइरस संक्रमणबाट नेपालमा गत २४ घण्टामा थप १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १ सय ३९ जनाको मृत्यु भएको पाइएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ हजार २ सय ७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६ सय २३ जना पीसीआर परीक्षण र ७ सय ८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९३ हजार १ सय ४१ जना जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ६ हजार ७ सय १५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४ सय २६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९ सय १० जना र २ सय ९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...