Thursday 2nd May 2024

एमाले विभाजन भए माधव-झलनाथतिर लाग्छु : वामदेव गौतम


 नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने निचोड निकालेका छन् । गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका हुन् ।

‘यदी उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ गौतमको भनाइ छ । तर अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमको भनाइ छ । तर अध्यक्ष केपी शर्मा ओलीतिर भने नउभिने पनि गौतमले प्रष्ट पारेका छन् । ‘२ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली तयार हुनु भएन । त्यसैले म उहाँको साथमा छैन’, गौतमको भनाइ छ ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

चीनको गुआङडोङ प्रान्तमा बुधबार राजमार्ग भत्किँदा १९ जनाको मृत्यु भएको देशको राज्य प्रसारक सीसीटीभीले जनाएको छ । गुआङडोङ प्रान्तको मेइझाउ…

प्रतिकृयाहरू
...