Thursday 23rd July 2026

झापाकी राधा धिमालको कुवेतमा मृत्यु


हरी कृष्ण न्यौपाने-झापाको दमक,अर्नाखरी घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत राधा धिमालको मृत्‍यु भएको छ।स्वास्थ्यमा केही समस्या आए पछी कुवेतको आदान अस्पातल पुर्याइएकोमा उपचारकै क्रममा मेई १,२०२१ शनिबारका दिन धिमालको मृत्‍यु भएको हो।

नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नं ०८९३८६९४ कि राधा धिमालको मृत्‍यु भएको प्रारम्भिक जानकारी दूताबासमा प्राप्त भई सकेको छ।सिलवालले थपे”मृत्‍युको कारण सहित अन्य जानकारी आउन बाँकी रहे पनि मृतकको विवरण हेर्दा श्रम नगरिकन अबैधानिक रुपमा कुवेत प्रबेश गरेको देखिन्छ।दूतावासले मृतकको परिवारसंग समन्वय गरेर उनको लाश पठाउने देखी अन्य कानुनी प्रकृयामा सहजिकरण गर्न शुरु गरिसकेको छ।”

४५ बर्षिय मृतक राधा धिमालको श्रीमान वैदेशिक रोजगारीकै क्रममा साउदी अरब र छोरो कतारमा कार्यरत रहेको झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालले बताएका छन।राजु धिमालका अनुसार मृतक राधा धिमाल बिगत ८ महिना देखि आफ्नो स्पोन्सरको घर छोडी लुकी-छिपी(अबैधानिक) रुपमा काम गर्दै आएकी थिइन।


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...