Monday 3rd August 2026

शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त


शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपाधार (१) बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी गराएको छ ।

पोखरेलले आइतबार बिहान संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाको वासिङ्टन राज्यको स्पोकेन क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण करिब ६०,००० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। डढेलोले हालसम्म ६०० भन्दा…

ब्रोडपिक हिमपहिरोमा मारिएका ब्रिटिश-नेपाली पर्वतारोही निर्मल पुर्जा आज पर्वतारोहणका सबैभन्दा प्रसिद्ध व्यक्तित्वहरू मध्ये एक थिए। उनले धेरै रेकर्ड बनाएका थिए,…

जापानको टोकियोमा आयोजित एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६ नौ बुँदे टोकियो घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले प्रेस तथा अभिव्यक्ति…

प्रतिकृयाहरू
...