Monday 27th April 2026

कविता: आफ्नो धर्म अनि संस्कार -कमला पाण्डेय तिवारी


बिहानीको मिर्मिरेमा हामी सबै उठ्नु पर्छ पहिल्यै ।
बाबाआमाबाट पाएको संस्कार नभुलौ है कहिल्यै ।।

जन्मजातै सनातनी हिन्दु हामी संस्कार कति राम्रो ।
उठौ जागौ आफ्नो धर्म जोगाउनु कर्तव्य हो हाम्रो ।।

सनातनि धर्म हाम्रो सबलाई गर्छ बराबर समान ।
आफ्नो धर्म सस्कृति लाई कहिल्यै परपर नमान ।।

लियौ जन्म आखिर लानु के रहिछ मरेर नि यहाँ ।
सचेत बनौं भयावह स्थिति ले विश्व घेर्दै छ जहाँ ।।

मानिस आफ्नो धर्म छोडी अन्धकारमा डुल्दैछन् ।
आफ्नो धर्म बेची बेची किन मानवता नै भुल्दैछन् ।।

बा आमाले दिएको संस्कार कहिले पनि नभुलौ ।
अन्ध बिश्वास हो हल्लामा कहिले हामी नडुलौ ।।

विश्वलाई नै थाहा छ नि कति शक्ति सनातन संस्कार ।
हे मनुष्य कसैले नि नठान्नु है यो धर्म लाई बेकार ।।

कति राम्रो धर्म हाम्रो सबैलाई भन्छ काटमार नगर ।
पछुताउनु पर्ला फेरि होला है पृथ्वी लाई भार ।।

आफ्नो धर्म भुल्यौ भने जिन्दगीमा केही छैन सार ।
खेतीपाती जोगाउन नि तिमी लाउनु पर्छ बार ।।

आफ्नो धर्म रक्षा गर्दै फालौ मैलो अनि धुलो ।
सबै मिली मानवता देखाउ यहि हो धर्म ठुलो ।।

कमला पाण्डेय तिवारी
हाल : इजरायल ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले…

तितोपाटी-स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि…

कुवेत सरकारले कुवेत अन्तर्राष्ट्रय विमानस्थल आज २३ अप्रिल २०२६ बिहिबारदेखि खुला गरिएको छ । गत फेब्रुअरी २८, २०२६ का दिनदेखि…

प्रतिकृयाहरू
...