Thursday 2nd May 2024

लुम्बिनीमा जसपाका चार सांसद पदमुक्त


लुम्बिनी प्रदेशमा हालैमात्र मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का चारजना सदस्य पदमुक्त भएका छन्। प्रदेशसभाले बिहीबार सूचना प्रकाशित गरी जसपाका चार जना सदस्यहरू पदमुक्त भएको जानकारी गराएको हो।जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ५ एवं दफा ३४ को उपदफा १ बमोजिम प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट निष्कासन  गरिएको सूचनामा उल्लेख छ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभा संसदीय दलले राजनितिक दलसम्बन्धी ऐन २०७३ बमोजिम प्रदेशसभा सचिवालयमा पठाइएको सूचना बमोजिम प्रदेशसभा चारै जना सदस्यहरूलाई पदमुक्त गरिएको प्रदेससभा सचिव दुर्लभ कुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ।यता लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीको प्रमुख सचेतक सन्तोषकुमार पान्डेयले आफूहरूलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेर प्रदेशसभाले गलत गरेको प्रतिक्रिया दिए।

जसपाका दुईतिहाइ प्रदेशसभा सदस्यको सामूहिक निर्णयबाट सरकारमा सहभागी भएको र संसदीय दलको नेता समेत आफूलाई चयन गरिएको जानकारी गराउँदा गराउँदै पनि आफूहरूलाई पदमुक्त गरिएको भन्नु प्रदेशसभाको गलत कार्य भएको बताए।उनले प्रदेशसभाको यो निर्णय आफूहरूलाई मान्य नभएको बताए। लुम्बिनी प्रदेशमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ६ प्रदेससभा सदस्यमध्ये ४ जना सरकारमा सहभागी भएका थिए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...