Monday 3rd August 2026

ऊर्जामन्त्री रायमाझीमा कोरोना संक्रमण पुष्टि, अस्पताल भर्ना


ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले रातोपाटीलाई जानकारी दिए ।
केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको खत्रीको भनाइ छ । संक्रमणअघि उनी क–कसको सम्पर्कमा रहेका थिए भन्नेबारे खुलेको छैन ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित स्वात जिल्लाको कबल क्षेत्रमा आयोजित आतंकवादविरोधी तथा शान्तिको माग गरिएको र्‍यालीमा आत्मघाती विस्फोट हुँदा कम्तीमा १४…

दक्षिण भारतमा लगातार परेको भारी वर्षा र बाढीका कारण केरलामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ७,७०० मानिसलाई…

क्यानडाको दोस्रो ठूलो एयरलाइन्स वेस्टजेट (WestJet) का करिब ४,४०० उडान परिचारिका (फ्लाइट अटेन्डेन्ट) आइतबार तलब तथा कार्यसम्बन्धी विवादका कारण हडतालमा…

प्रतिकृयाहरू
...