Thursday 23rd July 2026

कुवेतमा २०७७ सालमा ५९ जना नेपालीको मृत्यु


तितोपाटी-कुबेतमा २०७७ साल भरिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन  नेपाली दुताबास कुबेतले दिएको जानकारी अनुशार यसरी ज्यान गुमाउनेमा  ३८ जना पुरुष र २१ जना महिला रहेका छन । जस मध्ये सडक दुर्घटना, आत्महत्या, हृदयघात  र  क्यान्सर  जस्ता बिबिध कारणले ज्यान  गुमाएका हुन्।  कोरोना भाइरस  कोभिड- १९ को कारण मृत्यु हुने संख्या हाल  सम्म १२ जना रहेको छ। जस मध्ये ९ पुरुष र ३ महिला रहेको नेपाली दुताबास कुबेतका दुर्तीय सचिव श्रीकृष्ण सिलवालले जानकारी दिनु भएको छ। यसै गरि कुबेतका जेलहरुमा ४९ जना नेपालीहरु रहेका छन। लागुऔसध, मदिरा, हत्या लगायात  बिभिन्न  आरोपमा  सेन्ट्रलजेलमा रहेको दुर्तिय सचिव सिलवालले जानकारी दिनु भएको छ ।

बैदेशिक रोजगारीमा कुबेत आएर ज्यान गुमाउनेको संख्या हरेक वर्ष बढ्दो छ यो हप्ता मात्रै कोरोना भाइरस कोभिड-१९ को कारण ४ जना ले ज्यान गुमाएका छन भने १ जनाले झुण्डिएर आत्यमहत्या गरेको बुझिएको छ । कोरोना भाइरस महामारीको रुपमा फैलिदै गर्दा कुबेतमा पनि नेपालीहरु त्यसको चपेटामा परेको भन्दै सजक सचेत रहन भन्दै केहि दिन पहिला नेपाली दुताबास कुबेत, एनआरएनए कुबेत र नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेतले अनुरोध सहितको बिज्ञप्ति जारी गर्दै सबैलाई सचेत रहन आग्रह गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...