Wednesday 7th October 2026

डेढ साता काठमाडौं उपत्यकामा आवागमन कडाई गरिँदै


काठमाडौं उपत्यकामा डेढ साता आवागमनमा कडाई गरिने भएको छ । मध्यान्ह उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे औपचारिक निर्णय गर्नेछन् ।

प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि डेढ साता काठमाडौंमा कडाई गर्नेबारे छलफल अगाडि बढाएका हुन् । ‘निषेधाज्ञा लगाउने वा अन्य बिधिबाट आवागमन सिमित गर्ने भन्नेबारे हामी छलफल गर्छौ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीसँग भने–‘सामान्य छलफल भएको छ, हामी संयुक्त बैठक बसेर निर्णय गर्छौ ।’
आवागमन सीमित गर्ने प्रस्ताव सवै प्रजिअले ड्राफ्ट गरेर ल्याउने कुरा भएको प्रजिअ पराजुलीले बताए । ‘एक–दुई दिनको समय दिएर उपत्यकामा आवागमनमा कडाइ गर्छौ ।’
-रातोपाटीबाट

सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...