Wednesday 7th October 2026

राप्रपाको महाधिवेशन एक महिना सर्यो, जेठको २२ देखि २५ गतेसम्म हुने


राप्रपाको महाधिवेशन एक महिना पछि धकेलिएको छ । सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशन गर्न समय अपुग भएको भन्दै महाधिवेशनको मिति सार्ने राप्रपाले निर्णय गरेको हो ।केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन २२–२५ जेठमा गर्ने निर्णय गरेको नेता मोहन श्रेष्ठले बताए । यसअघि २५–२८ वैशाखमा महाधिवेशन गर्ने तय भएको थियो । बैठकले वैशाख मसान्तसम्म सक्रिय सदस्यता वितरण सक्ने निर्णय गरेको छ । वडा, पालिका र जिल्ला अधिबेशन वैशाख मसान्तसम्म, प्रदेश अधिवेशन ७ जेठसम्म र महाधिवेशन प्रतिनिधिको निर्वाचन १० जेठसम्म गर्ने राप्रपाले निर्णय गरेको छ ।

यसपटक राप्रपाले सक्रिय सदस्यताका आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । यसअघि भने कमिटीको आधारमा प्रतिनिधि चयन गर्ने गरेको थियो । महाधिवेशन प्रतिनिधि चार हजार पाँच सय बढी हुने राप्रपाको अनुमान छ ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...