Wednesday 31st December 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

यसैगरि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ। केहीबेर अघि ४१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले जानकारी दिए। उनका अनुसार माओवादी केन्द्रका १७, कांग्रेसका १९ र जसपाका ५ सांसदले हस्ताक्षर गरेका छन्। जसपाका एक सांसदले भने हस्ताक्षर नगरेको उनले बताए। यसैगरि संसदमा रहेका राजमोका एक सांसदले पनि हस्तक्षर गरेका छैनन्।  संसदमा रहेका कुल ८५ सांसदमध्ये बहुमतका लागि ४३ मत आवश्यक पर्छ। मुख्यमन्त्री पोखरेलसंग पनि ४१ मत मात्रै रहेको छ।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...