Monday 3rd August 2026

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार बिहान भेटवार्ता भएको छ ।  पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको सो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण ढल्नबाट जोगिएको थियो ।

स्रोतका अनुसार कोटेश्वरस्थित एक घरमा दुई नेताबीचको भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै एमाले नेता घनश्याम भुसालसमेतको सहभागिता रहेको बताइएको छ । नेपाल समूहले प्रधानमन्त्री ओलीले पार्टी एकपक्षीय ढंगले सञ्चालन गरेको भन्दै देशभर समानान्तर गतिविधि गर्दै आएको छ भने शुक्रबार कर्णालीमा ४ सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत लिएपछि राजनीति थप तरंगित बनेको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

अष्ट्रेलियामा घातक H5N1 बर्ड फ्लु का कारण वन्यजन्तुहरूको पहिलो सामूहिक मृत्यु पुष्टि भएको छ। दक्षिण अष्ट्रेलियाको केप जाफ्फा नजिकको बाउडिन…

प्रतिकृयाहरू
...