Thursday 14th May 2026

नया वर्षलाई अपिल-शुचिता काफ्ले


तितोपाटी- हरेक नेपालीको मनमा
खुसी र उमंग लिएर आउ।
सबैका घर आँनहरूमा सुख र
खुशीका पलहरू लिएर आउ ।

सद्भाव र प्रेम लिएर आउ
हत्या र हिंसाको अनत्य गर्ने
निर्णय लिएर आउ ।

दु:खी गरिवका घरमा चुलो बल्ने
शक्ति सामर्थ्य लिएर आउ
चह्याएका घाउमा लगाउने
मलमहरु लिएर आउ ।

श्रद्धा भक्तिभावले ,यो हृदय देखी
स्वात छ तिमीलाई देशभक्ति र
कर्तब्यका भावनाहरु लिएर आउ ।

दन्द्ध र बन्द होईन
भाईचारा र मेल मिलाप
एकता लिएर आउ ।

सुर्यको प्रकाश र बलेको
दिप झैं उज्यालो लिएर आउ ।
नविन र सुखद समाचार लिएर आउ ।

हरेक नेपालीको धड्कनमा
संटुष्टिको राहत एवं शान्ती ,
सहकार्यको लक्ष्य लिएर आउ ।

प्रगति उन्नतीका बिऊहरु
लिएर आउ , अमन चैनका
आभाषहरु लिएर आउ ।

नया वर्ष स्वागत छ तिमीलाई
अनन्त सम्म अविरल
माया ममता स्नेह लिएर आउ ।

समृद्ध नेपाल र नेपाली हौं भनी
गर्व गर्न सक्ने उद्देश्य र प्रण लिएर आउ
आउ नया वर्ष तिमी , समुन्द्र झैं
शान्त स्वभाव लिएर आउ ।

निस्चिन्त भै हामी सबैको
धमनी र शिरामा शिरामा
बिगुल फुक्दै आउ ।

फेरी पनि स्वाग छ तिमीलाई ।
ए नया वर्ष , कोसेली स्वरुप तिमीले
दिघो जोश र जाँगर लिएर आउ
तिमीलाई स्वागत छ ।


सम्बन्धित शीर्षकहरु

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

प्रतिकृयाहरू
...