Sunday 5th May 2024

नया वर्षलाई अपिल-शुचिता काफ्ले


तितोपाटी- हरेक नेपालीको मनमा
खुसी र उमंग लिएर आउ।
सबैका घर आँनहरूमा सुख र
खुशीका पलहरू लिएर आउ ।

सद्भाव र प्रेम लिएर आउ
हत्या र हिंसाको अनत्य गर्ने
निर्णय लिएर आउ ।

दु:खी गरिवका घरमा चुलो बल्ने
शक्ति सामर्थ्य लिएर आउ
चह्याएका घाउमा लगाउने
मलमहरु लिएर आउ ।

श्रद्धा भक्तिभावले ,यो हृदय देखी
स्वात छ तिमीलाई देशभक्ति र
कर्तब्यका भावनाहरु लिएर आउ ।

दन्द्ध र बन्द होईन
भाईचारा र मेल मिलाप
एकता लिएर आउ ।

सुर्यको प्रकाश र बलेको
दिप झैं उज्यालो लिएर आउ ।
नविन र सुखद समाचार लिएर आउ ।

हरेक नेपालीको धड्कनमा
संटुष्टिको राहत एवं शान्ती ,
सहकार्यको लक्ष्य लिएर आउ ।

प्रगति उन्नतीका बिऊहरु
लिएर आउ , अमन चैनका
आभाषहरु लिएर आउ ।

नया वर्ष स्वागत छ तिमीलाई
अनन्त सम्म अविरल
माया ममता स्नेह लिएर आउ ।

समृद्ध नेपाल र नेपाली हौं भनी
गर्व गर्न सक्ने उद्देश्य र प्रण लिएर आउ
आउ नया वर्ष तिमी , समुन्द्र झैं
शान्त स्वभाव लिएर आउ ।

निस्चिन्त भै हामी सबैको
धमनी र शिरामा शिरामा
बिगुल फुक्दै आउ ।

फेरी पनि स्वाग छ तिमीलाई ।
ए नया वर्ष , कोसेली स्वरुप तिमीले
दिघो जोश र जाँगर लिएर आउ
तिमीलाई स्वागत छ ।


सम्बन्धित शीर्षकहरु

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो युवाले यो देशको गरिमा र शान बढाउन पर्ने हो   नेपाल आमाको मुहारमा मुस्कान…

प्रतिकृयाहरू
...