Friday 5th December 2025

गजल-बाल कुमार खत्री


खै कसरी यो धड्कन चलि रहेको छ!
तिम्रो यादहरुले मुटु जलि रहेको छ।

तिमीलाई भेट्न लालायित मन पनि!
हरेक दिन गनेर साँझ ढलि रहेको छ।

सलेदो भएर मनमा बसेकी छौँ तिमी!
त्यसैले प्रेमको टुकी बलि रहेको छ।

सपनामा तिमीलाई हेरेर होला सानू!
थकित मेरो आँखा गलि रहेको छ।

धेरै भयो तिमीलाई कुराएर राखेको!
के गरौं प्रिय समयले छलि रहेको छ।

-बाल कुमार खत्री
संखुवासभा,चैनपुर


सम्बन्धित शीर्षकहरु

भारतको नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय डीजीसीए (DGCA) ले इन्डिगो एयरलाइन्ससँग उत्पन्न विवाद र यात्रु सेवासँग सम्बन्धित समस्याहरू समाधान…

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहानले बिहीबार अल अरेबियालाई बताएअनुसार अर्धसैनिक समूहले हतियार नराखेसम्म र्‍यापिड सपोर्ट फोर्सेस (RSF) सँग कुनै…

इजरायली सेनाले बिहीबार भनेको छ कि उसको सेनाले दक्षिणी गाजाको रफाह मुनि सुरुङमा फसेका लगभग ४० हमास लडाकूहरूलाई मारेको छ,…

प्रतिकृयाहरू
...