Friday 28th August 2026

टहल आचार्यको गजल संग्रह – १०


शेर सायरी गजलमा गढ्ने पनि हजुरै हो ,
मैले लेख्या सबै कुरा पढ्ने पनि हजुरै हो ।

परम्परा धर्म नीति कानुन र अनुशासन ,
वाचाबोली सङ्कल्पमा अड्ने पनि हजुरै हो ।

फेस्बुकमा भेट्नासाथ लाईक र कमेण्ट गरि,
हौसलाका हिरामोती जड्ने पनि हजुरै हो ।

देश भक्ती राष्ट्रियता जन भाव समेटेर ,
यो मुलुकको खातिरमा बढ्ने पनि हजुरै हो ।

चारजात छत्तिस वर्ण फूलबारी दागा धर्ने ,
दुस्मनको जत्थासँग लड्ने पनि हजुरै हो ।
***

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...