Tuesday 11th February 2025

लुलु हाइपर कुवेतद्वारा विजेताहरूलाई पुरस्कार वितरण


तितोपाटी- कुवेतको प्रमुख क्षेत्रीय खुद्रा विक्रेता लुलू हाइपरमार्केटले गत फेब्रुअरी महीना देखी मार्च १५ सम्म आयोजित गरेको (बिग अफर २०२१ मा ६५ जना भाग्यशाली विजेताहरूलाई पुरस्कार वितरण गरेको छ।

विभिन्न देशहरुमा चर्चित मानीने कल्याण ज्वेलर्सको सहयोगमा आयोजित अन्र्तगत भारत र खाडी देशहरुमा कल्याण ज्वेलर्सको गहनाहरू अग्रस्थानमा रहेको छ।

हिजो १० एप्रिलका दिन फर्वनियास्थित लुलु हाइपरमार्केटको क्षेत्रीय कार्यालय परिसरमा आयोजित उक्त पुरस्कार-वितरण समारोहमा, लुलु हाइपरमार्केटका शीर्ष व्यवस्थापन अधिकारीहरूले भाग लिएका थिए।

संक्रमण नियन्त्रण गर्न पेश गरिएको प्रतिबन्धहरू र हाइपरमार्केटको सबै सुरक्षा नियमहरूको पूर्ण अनुपालनलाई ध्यानमा राख्दै, केवल विजेताहरु र विशेष अथितिहरुले उक्त कार्यक्रममा उपस्थित जनाएका थिए।

बिग अफर २०२१ लक्की ड्र अभियानले निकै आकर्षक पुरस्कार प्रदान गरेको छ। जसमध्य प्रथम पुरस्कार निसान कम्पनीको (गस्ती एसयूवी)कार रहेको छ भने दोस्रो र तेस्रोलाई पुरस्कारका रूपमा निसान (एक्सटेरा एसयूवी) कार रहेको छ। त्यस्तै अन्य ६२ जना विजेतालाई ८ ग्राम सुनको सिक्का सहित कुल विजेता ६५ जनालाई कुवेतको कुनै पनि लुलु हाइपरमार्केट स्थलबाट खरीद गर्नको लागी १० दिनर सहित ग्राहकहरुले राफल ड्र प्रमोशनमा प्रवेश पाउने भएका छन।


सम्बन्धित शीर्षकहरु

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

जेरुसेलम: प्यालेस्टिनी बन्दीहरूलाई थुनामा राखिएको अवस्थामा र आँखामा पट्टी बाँधेको अवस्थामा प्रहार गरेको भेटिएका एक इजरायली सैनिकलाई इजरायली सैनिक अदालतले…

प्रतिकृयाहरू
...