Tuesday 11th February 2025

ओमान पुर्‍याएर महिला बन्धक बनाउनेलाई १० वर्ष कैद, फैसला भएको एक वर्षपछि पक्राउ


तितोपाटी- मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना फैसला भएका फरार अभियुक्त पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बसिरहेका ३८ वर्षीय जयतबहादुर राईलाई पक्राउ गरेको हो। राईलाई बिहीबार साँझ काठमाडौं-९ तिलगंगामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।
राईलाई शुक्रबार अदालत पेश गरिएकोमा कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको छ।
उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार एवम् संगठित अपराध मुद्दामा उच्च अदालत पाटनले २०७६ साल चैत २ गते कैद र जरिवाना फैसला गरेको थियो।
खाडी मुलुक ओमानमा घरेलु कामदारको रूपमा रोजगारी दिलाउने प्रलोभनमा पारी उनले एक महिलालाई बिना श्रमस्वीकृति अर्कै मुलुक दुबई पठाउन खोजेको राईमाथि आरोप थियो।
पीडित महिला ओमानको सीमावर्ती क्षेत्रमा बन्धक भएकी थिइन्।
ब्युरो र दुबईस्थित नेपाली दूतावासको सहयोगमा ती महिलालालाई २०७३ सालमा उद्दार गरिएको थियो। राईले ती महिलाबाट तीन लाख ५० हजार रुपैयाँ लिएका थिए। पीडितलाई राईले पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला अदालतको छ।- सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

जेरुसेलम: प्यालेस्टिनी बन्दीहरूलाई थुनामा राखिएको अवस्थामा र आँखामा पट्टी बाँधेको अवस्थामा प्रहार गरेको भेटिएका एक इजरायली सैनिकलाई इजरायली सैनिक अदालतले…

प्रतिकृयाहरू
...