Saturday 26th September 2026

ओमान पुर्‍याएर महिला बन्धक बनाउनेलाई १० वर्ष कैद, फैसला भएको एक वर्षपछि पक्राउ


तितोपाटी- मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना फैसला भएका फरार अभियुक्त पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बसिरहेका ३८ वर्षीय जयतबहादुर राईलाई पक्राउ गरेको हो। राईलाई बिहीबार साँझ काठमाडौं-९ तिलगंगामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।
राईलाई शुक्रबार अदालत पेश गरिएकोमा कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको छ।
उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार एवम् संगठित अपराध मुद्दामा उच्च अदालत पाटनले २०७६ साल चैत २ गते कैद र जरिवाना फैसला गरेको थियो।
खाडी मुलुक ओमानमा घरेलु कामदारको रूपमा रोजगारी दिलाउने प्रलोभनमा पारी उनले एक महिलालाई बिना श्रमस्वीकृति अर्कै मुलुक दुबई पठाउन खोजेको राईमाथि आरोप थियो।
पीडित महिला ओमानको सीमावर्ती क्षेत्रमा बन्धक भएकी थिइन्।
ब्युरो र दुबईस्थित नेपाली दूतावासको सहयोगमा ती महिलालालाई २०७३ सालमा उद्दार गरिएको थियो। राईले ती महिलाबाट तीन लाख ५० हजार रुपैयाँ लिएका थिए। पीडितलाई राईले पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला अदालतको छ।- सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...