Wednesday 13th May 2026

मदनकृष्णलाई भेटेपछि वियोन्सले भनिन्–‘ठूलो सपना पुरा भयो’


लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।

अब भने मदनकृष्ण र वियोन्सविच भेटघाट भएको छ । मदनकृष्णलाई भेट्दा वियोन्स रोएकी थिइन् । यो गीतको लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेपछि वियोन्सले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो सफलता नै मदनकृष्णलाई भेट्नु भएको बताइन् ।

उनले भनिन्–‘जब मैले उहाँको स्वरमा फुलबुट्टे सारी सुने, म उहाँको फ्यान भएकी थिएँ । मेरो जिन्दगीकै सबैभन्दा ठूलो सफलता नै उहाँलाई भेट्नु हो । म निक्कै खुशी छु ।’

मदनकृष्णले पनि वियोन्सको स्वरको प्रशंसा गर्दै भने–‘गीतसंगीतबाट संसारभरका मानिसहरु नजिक हुन सकिने रहेछ भन्ने पुष्टी भएको छ । जब मैले वियोन्सको गीत सुनेँ, उनीसँग टाढा भएपनि पूर्व जन्मको नाता रहेछ कि भन्ने महशुश भएको थियो ।’

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...