Thursday 23rd July 2026

म्याग्दी प्रवासी नेपाली संघ (मोना)कुवेतको अध्यक्षमा मान बहादुर फगामी


तितोपाटी- म्याग्दी प्रवासी नेपाली संघ (मोना)कुवेत को अध्यक्षमा  मान बहादुर फगामी चयन भएका छन । भर्चुअल प्रबिधि मार्फत सम्पन्न राष्ट्रिय कार्यकारी समिति कुवेतको दोस्रो अधिबेशन साथै बार्षिक उत्सवले  मान बहादुर फगामीलाई आगामी दुई बर्षे कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

जसको महिला उपाध्यक्षमा आशा बस्याल ,बरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल ,उपाध्यक्ष नन्द बहादुर बरुवाल ,तुल बहादुर पुन,महासचिव- चन्द्र बिस्वकर्मा,सचिव तेजिन श्रेष्ठ,सह-सचिव झलक बिश्वकर्मा,कोषाध्यक्ष कृष्ण प्रशाद खड़का,सह-कोषाध्यक्ष लोकेन्द्र फगामी रहेका छ्न । सदस्यहरुमा अर्जुन शाही, खेम परिवार, निर्मला पुन, बाबुराम गौतम, जस घताने, अर्जुन चोखाल, गम बहादुर राम्जाली प्रेम घर्तिमिरे, बल बहादुर बिश्वकर्मा रहेका छन
मोना कुवेतका निवर्तमान अध्यक्ष श्री प्रेम बहादुर बिश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त  कार्यक्रमका  प्रमुख अतिथि मोना आइ इ सीका अध्यक्ष श्री ओम नारयण जुग्जाली तथा  विशेष अतिथि मोना मध्य पूर्व क्षेत्रिय उप संयोजक सुवोध बरूवालले भर्चुअल मार्फत शुभकामना मन्तव्य राखेका थिए ।
बरिष्ठ उपाध्यक्ष श्री दिपक छन्त्यालको स्वागत मन्तव्य तथा संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद खड्काबाट संस्थाको पहिलो कार्यकाल २०१९ – २०२१को आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो भने कार्यक्रम संन्चालन सहसचिब तेजिन श्रेष्ठले गरेका थिए । संस्था स्थापनाको छोटो समयमै देश तथा बिदेशमा रहेका पिडितहरूलाई सहयोग गर्दै मोना कुवेतले कुवेतबाट निकै उदाहरणीय कार्यहरू गर्दै आएको छ। अधिबेशन समारोहमा निर्वाचन प्रमुख तिलक भण्डारीले १९ सदस्यीय नयाँ  कार्यसमिति घोषणा गरे ।
अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति प्रेम बहादुर बिश्वकर्माले कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्न उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, साथै सम्पूर्ण उपस्थित नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नयाँ कार्य समतिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...