Saturday 8th August 2026

लघुकथाः माया -अनिताराज खतिवडा “शिखा”


“बाह्रबजे” फुलको लाली लगाएर ल्याक्टो चक्लेट चपाउँदै गोठाला जाँदा, पोलेको काँचो गहुँ खाँदाको आनन्द अहिले कहाँ छ र !
चक्लेटको खोल तन्काउदै कस्को लामो हुने बाजी मारेको आजै जस्तो लाग्छ।

हो, मेरो बालपन तिम्रो जस्तो सुख सयलमा बितेन, तर तिमीलाई पनि छट्पटी भने अवश्य थियो । तिमी धनी परिवारकी रानी म जस्तो गरिब घरकी झुत्रीसँङ्ग खेल्न कहाँ पठाउँथे र तिम्रा बाले !
थाह छ पवित्रा ! तिम्रा बालाई पनि हामीले गोठालो जाँदा साँधेर खाएको काँचो मेवा खुब मन पर्थ्यो । थुक घुटुक्क निलेर देखे पनि नदेखे झै हिँड्नु हुन्थ्यो। अनि रिस तिमी माथि खनिन्थ्यो । पाखेको बच्चाको सङ्गत नगर भन्दै । हो, म पाखे नै सही तर मेरो बालपन तिम्रो जस्तो चार दिवार भित्र कटेन । पहिल्यै देखि नै तिमी धनी घरकी भएको कारण राम्रो अवसर पायौ अहिले इन्जिनियर भएकी छ्यौ । म गोठाला, सधैँ गोठको गोठै ।

आज सत्र बर्ष पश्चात् तिम्रो बाले मेरो पसिनाको कदर गरेर हो या गिल्लाएरै भए पनि तारिफ भने गर्नु भयो, “अनिता तिमीले दुख गरेकी छौ र हामीले शहरमा दूध दहीदेखि अन्नपात सम्पूर्ण चिज भन्ने बितिक्कै पाएका छौँ । तिमी जस्तो लाखौँ अनिताको खाँचो छ यो देशलाई ।”

-अनिताराज खतिवडा “शिखा”
डुमरवाना बारा, नेपाल ।


सम्बन्धित शीर्षकहरु

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा दशकौँदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयले…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा स्थापित ‘माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार–२०२६’ बाट पत्रकार प्रेमकुमार जिमी सम्मानित भएका छन्।…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न…

प्रतिकृयाहरू
...