Monday 6th May 2024

म्यानमानरमा सैनिक ‘कू’ विरुद्धको नागरिक प्रदर्शनमा सुरक्षा फाैजले गोली चलाउँदा कम्तिमा ३८ जनाको मृत्यु


तीतोपाटी – म्यान्मारमा बुधवार सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूमाथि सुरक्षा फाैजले गोली चलाउँदा कम्तीमा ३८ जना मारिएका छन्। सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ। गत फेब्रुअरी १ मा सैनिक ‘कू’ मार्फत नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएपछि त्यहाँका नागरिकहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

म्यान्मारमा फेब्रुअरी १ को सैनिक ‘कू’ विरुद्ध हजारौं लोकतन्त्र पक्षधरहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । उनीहरूले लोतन्त्रवादी नेतृ आङ सान सुची, राष्ट्रपति विन मिन्टलगायत नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरुको रिहाइ र जननिर्वाचित सरकारको पुन:स्थापनाको माग गर्दै आएका छन् ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ । बेलायतले राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक पनि डाकेको छ । अमेरिका, बेलायत, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सेनालाई जननिर्वाचित सरकार बहाली गर्न तथा पक्राउ लोकतन्त्र पक्षधर नेताहरूलाई रिहा गर्न दबाब दिँदै आएका छन् । अमेरिका, बेलायत, क्यानाडालगायत कतिपय पश्चिमा देशहरूल सैनिक नेतृत्वमाथि प्रतिबन्धहरू घोषणा गरिसकेका छन् ।

सैनिक ‘कू’ सँगै सैनिक नियन्त्रणमा राखिएकी नेतृ सुचीलाई हालसम्म विभिन्न चारवटा अभियोग लगाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध सोमबार सुचीविरुद्ध ‘त्रास वा खतरापूर्ण संकेत’ उत्पन्न हुन सक्ने सूचना प्रकाशन रोक्नेसम्बन्धी कानुन र दूरसञ्चारसम्बन्धी कानुनअन्तर्गत मुद्दा दायर गरिएको थियो ।
-एजेन्सी


सम्बन्धित शीर्षकहरु

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

प्रतिकृयाहरू
...