Thursday 24th September 2026

म्यानमानरमा सैनिक ‘कू’ विरुद्धको नागरिक प्रदर्शनमा सुरक्षा फाैजले गोली चलाउँदा कम्तिमा ३८ जनाको मृत्यु


तीतोपाटी – म्यान्मारमा बुधवार सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूमाथि सुरक्षा फाैजले गोली चलाउँदा कम्तीमा ३८ जना मारिएका छन्। सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ। गत फेब्रुअरी १ मा सैनिक ‘कू’ मार्फत नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएपछि त्यहाँका नागरिकहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

म्यान्मारमा फेब्रुअरी १ को सैनिक ‘कू’ विरुद्ध हजारौं लोकतन्त्र पक्षधरहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । उनीहरूले लोतन्त्रवादी नेतृ आङ सान सुची, राष्ट्रपति विन मिन्टलगायत नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरुको रिहाइ र जननिर्वाचित सरकारको पुन:स्थापनाको माग गर्दै आएका छन् ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ । बेलायतले राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक पनि डाकेको छ । अमेरिका, बेलायत, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सेनालाई जननिर्वाचित सरकार बहाली गर्न तथा पक्राउ लोकतन्त्र पक्षधर नेताहरूलाई रिहा गर्न दबाब दिँदै आएका छन् । अमेरिका, बेलायत, क्यानाडालगायत कतिपय पश्चिमा देशहरूल सैनिक नेतृत्वमाथि प्रतिबन्धहरू घोषणा गरिसकेका छन् ।

सैनिक ‘कू’ सँगै सैनिक नियन्त्रणमा राखिएकी नेतृ सुचीलाई हालसम्म विभिन्न चारवटा अभियोग लगाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध सोमबार सुचीविरुद्ध ‘त्रास वा खतरापूर्ण संकेत’ उत्पन्न हुन सक्ने सूचना प्रकाशन रोक्नेसम्बन्धी कानुन र दूरसञ्चारसम्बन्धी कानुनअन्तर्गत मुद्दा दायर गरिएको थियो ।
-एजेन्सी


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...