Thursday 23rd July 2026

नेपालसहित लाओस र बङ्गलादेश विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिस


संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् ।

स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई संयुक्त रास्ट्रसंघ आर्थिक तथा सामाजिक परिसदबाट स्वीकृत हुनुपर्छ ।अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु पर्ने सुविधासमेत दिइएको छ ।

प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ ।पछिल्लो समय सन २०१५ को भूकम्प र जारी कोरोना भाइरसको महामारीले भने प्रतिव्यक्ति आयमा प्रभाव पारेको छ ।

नेपाली नियोगका अनुसार सन् २०२२ मा स्तरोन्नतिभएको अवस्थामा समेत नेपालले अल्पविकसित मुलुकमा रुपमा पाइरहेको सुबिधा सन २०२६ सम्म नै पाउने भएको हो ।

स्रोत -अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...