तितोपाटी- कुवेतमा कार्यरत आप्रवासीहरुका लागी उपलब्ध गरिने सिविल आइडी कार्डलाई कुवेत सरकारले रद्द गर्ने भएको छ।
कुवेतस्थित आंतरिक मंत्रालयको उक्त योजना अनुसार गैरकुवेतीहरुको लागी सिविल आइडी कार्ड रद्द गरीने र उक्त सिविल आइडीकार्ड केबल कुवेती नागरिकको लागी मात्रै उपलब्ध गरिने भएको छ। रेसिडेन्सी मामिलाका अनुसार कुवेतमा रहेका प्रवासीहरूका लागि विशेष म्याग्नेटिक कार्ड जारी गरिने र जसमा व्यक्ति विवरण सबै डाटा समावेश हुने बताइएको छ ।
आन्तरिक मन्त्रालयको रेसिडेन्सी अफेयर्स डिपार्टमेन्ट रेसिडेन्सी दिने र एक्साट्सलाई भिसा दिने सम्बन्धमा विस्तृत अध्ययन गरिने भएको छ। सो निर्णय केबल कुवेतमा मात्रै नभएर विश्वका धेरै देशहरूले त्यहाँका बासिन्दाहरूलाई आवासीय कार्ड भनिने कार्डहरू प्रदान गरिएको छ जसमा सबै व्यक्ति विवरण डाटा समावेश गरिएको हुन्छ ।
अलराई समाचारमा दिएको जानकारी अनुसार पहिलो कदम भनेको नागरिक परिचयपत्र मात्र कुवेत नागरिकहरुमा सीमित गर्नु हो। यसले नागरिक सूचना कार्यालयका लागि सार्वजनिक प्राधिकरणमा भीड कम गर्ने बताइएको छ। पासीको स्थापना भएदेखि लगभग ३०मिलियन भन्दा बढी कार्ड एक्सप्याट्सलाई जारी गरिएको छ।
कुवेतमा कार्यरत कुनै पनी आप्रवासी नागरिकले स्थायी रूपमा कुवेत छोडी सकेपछी उक्त सिविल आइडीको दुरुपयोग गरेको जस्ले गर्दा आफ्नो स्वामित्वमा ठेस पुगेको बताइएको छ।
आवासीय मामिलाहरूद्वारा जारी गरिएको आवासीय कार्डहरू देशका बासिन्दाहरूको उपस्थितिसँग जोडिने र जब उक्त व्यक्तिले कुवेतलाई स्थायी रूपमा छोड्न साथ तुरुन्त रद्द हुने बताइएको छ।