Thursday 3rd September 2026

कविताः हिंसाको बदला हिंसा – छन्द: अनुष्टुप् -हरि शर्मा (गलकोटे कवि)


हिंसाको बदला हिंसा, हिंसाको महिमा बढ्यो
झगडा हट्नुको सट्टा, अचाक्ली लोकमा गर्‍यो ।१।🌷🙏🌺

घृणाको बदला घृणा, घृणाले चेतना मर्‍यो
घृणाको लोकमा हावी, घृणाको गरिमा चढ्यो ।२।🌷🙏🌺

बदला बदला भन्दा बदला रुखमा चढ्यो
टुटेन बदला चक्र, लम्बिँदै अझ त्यो गयो ।३।🌷🙏🌺

महाभारतको युध्द, शकुनी बदला लिँदा
घृणाको बदला माया, घृणाको औषधी सदा।४।🌷🙏🌺

ज्ञानीको मुखको बोली, मायाले लोकमा भरौँ
सदैव बुध्दको बोली, क्षमाको भरमा परौँ ।५।🌷🙏🌺

दिएमा अरुले गाली, फोहोरा रिसको बढ्यो
दुवैको रिसले गर्दा, लडाइँ माथमा चढ्यो ।६।🌷🙏🌺

अर्काको गल्तिको खोजी, लोकमा जनले गर्‍यो
गल्तिको खोजमा लाग्दा, असली गुण जो मर्‍यो ।७।🌷🙏🌺

गुलाब फूलको हैन, काँडाको पछि छन् सबै
कहाँ छ कसको गल्ति, भनेर खोज्दछ्न् खुबै ।८।🌷🙏🌺

खोजेर अरुको गल्ति, महान को भयो कहाँ ?
व्यक्तित्व देखियो तुच्छ, गल्तिको खोजमा सदा ।९।🌷🙏🌺

टेरेसा बन्दछिन् माता, पछाडि शान्तिको हुँदा
गरेका शान्तिको खोजी, देखिन्छ बुध्दले सदा ।१ ०।🌷🙏🌺

-हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

प्रतिकृयाहरू
...