Wednesday 28th October 2026

कविताः हिंसाको बदला हिंसा – छन्द: अनुष्टुप् -हरि शर्मा (गलकोटे कवि)


हिंसाको बदला हिंसा, हिंसाको महिमा बढ्यो
झगडा हट्नुको सट्टा, अचाक्ली लोकमा गर्‍यो ।१।🌷🙏🌺

घृणाको बदला घृणा, घृणाले चेतना मर्‍यो
घृणाको लोकमा हावी, घृणाको गरिमा चढ्यो ।२।🌷🙏🌺

बदला बदला भन्दा बदला रुखमा चढ्यो
टुटेन बदला चक्र, लम्बिँदै अझ त्यो गयो ।३।🌷🙏🌺

महाभारतको युध्द, शकुनी बदला लिँदा
घृणाको बदला माया, घृणाको औषधी सदा।४।🌷🙏🌺

ज्ञानीको मुखको बोली, मायाले लोकमा भरौँ
सदैव बुध्दको बोली, क्षमाको भरमा परौँ ।५।🌷🙏🌺

दिएमा अरुले गाली, फोहोरा रिसको बढ्यो
दुवैको रिसले गर्दा, लडाइँ माथमा चढ्यो ।६।🌷🙏🌺

अर्काको गल्तिको खोजी, लोकमा जनले गर्‍यो
गल्तिको खोजमा लाग्दा, असली गुण जो मर्‍यो ।७।🌷🙏🌺

गुलाब फूलको हैन, काँडाको पछि छन् सबै
कहाँ छ कसको गल्ति, भनेर खोज्दछ्न् खुबै ।८।🌷🙏🌺

खोजेर अरुको गल्ति, महान को भयो कहाँ ?
व्यक्तित्व देखियो तुच्छ, गल्तिको खोजमा सदा ।९।🌷🙏🌺

टेरेसा बन्दछिन् माता, पछाडि शान्तिको हुँदा
गरेका शान्तिको खोजी, देखिन्छ बुध्दले सदा ।१ ०।🌷🙏🌺

-हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...