Sunday 17th May 2026

कुवेतमा लोकल मदिरा सहित नेपाली समुह पक्राउ


तितोपाटी-कुवेतमा मदिरा प्रतिबन्धित रहेता पनि कुवेतको एक अवैध मदिरा उद्योगबाट नेपाली समुहलाई कुवेत पुलिसले पक्राउ गरेको छ ।

कुवेतस्थित शुबिया क्षेत्रको रीक्रो कारखानामा १४० ब्यारल सहित नेपाली समुहलाई अब्दाली प्रहरीले पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ, ‘शुबिया क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा उक्त कारखानामा छापा मारेको हो।

अब्दाली सेक्युरिटीद्वारा उक्त कारखाना भित्र छापामा मार्दा त्यहाँ नेपाली समुहद्वारा अवैद्य मदिरा बनाउने गरेको पाएको समाचारमा उल्लेख छ। छापा मार्ने क्रममा १४० ब्यारल लोकल मदिरा प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेकाहरु अवैध कामदार रहेका र आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायले बुझाइएको समाचारमा उल्लेख छ ।
पक्राउ पर्नेहरुमा नेपाली समूह रहेता पनी महिला, पुरुष, र कती जनाको संख्या भनेर खुलाइएको छैन।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...