Tuesday 30th December 2025

नेपाल फर्किन लागेका युवाले पोर्चुगलमा गरे आत्महत्या


तितोपाटी-पाेर्चुगलबाट शुक्रबार (जनवरी ८) मा नेपाल जाने तयारी गरेका एक नेपाली युवाले बिहीबार आत्महत्या गरेका छन्।

२ वर्षअघि पोर्चुगल आएका बझाङका २९ वर्षीय सुरत कुँवरले बिहीबार स्थानीय समयअनुसार करिब ३ बजेतिर ४ तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन्।
उनले सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरेलगत्तै आत्महत्या गरेका थिए। उनले राखेको फोटोसहितको स्टाटसमा लेखेका थिए। यसबीचमा उनले परिवारलाई समेत कल गरेकाे देखिएको छ।
‘मिल्ने भए दु:ख हटाइ खुसी किन्थेँ आमा,
आफ्ना को हुन्, पराई को हुन् सवै चिन्थेँ आमा
तिम्रो दुधको भारा कसरी तिर्नु म
लाग्ने भए मेरो आयु थपिदिन्थेँ आमा’

उनले किन र के कारणले आत्महत्या गरेका त्यो अझै सम्म खुल्न सकेको छैन।
– सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...