Friday 14th November 2025

कतारबाट स्वदेश फर्किने नेपालीहरुका लागि दूतावासको जरुरी सूचना


तितोपाटी- कतार देखी काठमाडौँ यात्रा गर्दा कानुनले तोके भन्दा बढी र अन्य ब्यक्तिको बहुमुल्य बस्तुहरु नबोक्न दूतावासले अनुरोध गरेको छ ।दूतावासले सोमबार एक सूचना जारी गर्दै विभिन्न प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु नलैजान भनेको हो ।

‘कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु लेजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको सूचनाप्रति राजदूतावासको ध्यानाकर्षण भएको दूतावासले जारी गरेको सूचनामा भनिएको छ। कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य बस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणभित्र नेपाल लैजाँदा उक्त वस्तुहरुको खरिदबील सँगै राखेर मात्र नेपाल लैजानुहुन सबैमा अनुरोध गरेको छ ।

कानुनले तोकेको परिमाणभन्दा बढी बहुमुल्य वस्तुहरु बोकेको पाइएमा त्यस्तो सामान जफत र कारबाही समेत हुने भएकाले जुनसुकै बहानामा भएपनि अन्य व्यक्तिको सामानहरु लिएर यात्रा नगर्न दुतावासले सचेत गराएको छ ।

त्यस्तै दोहाबाट काठमाण्डौ यात्रा गर्दा खरिदबील साथमा नरहेका वा आफ्नो स्वामित्व प्रमाणित नहुने सामानहरु नलैजान दुतावासले अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...