Sunday 16th August 2026

म्युजिक भिडियोबाट नेपाललाई ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ प्राप्त


नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्व रेकर्ड कायम भएको छ । माधबराज खरेलको निर्देशन रहेको म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’बाट नयाँ रेकर्ड कायम भएको हो । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियाको रुपमा ‘हाम्रो साझा हिमाल’ले ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा आफ्नो नाम लेखाएको हो । भिडियो नेपालको पर्यटकिय नगरी सोलुखुम्बुको ४ हजार ७ सय ६८ मिटरको उचाईमा रहेको गोक्योमा छायांकन भएको थियो ।

गीतले हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने जोड दिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले भिडियोका निर्देशक माधवराज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राईलाई गिनिज बुक अफ वल्ड रेकर्डको प्रमाण पत्र बितरण गरेका थिए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दहाल, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक दिनेश डि.सी, बरिष्ठ कलाकार उत्तम के.सी लगायतको उपस्थिति रहेको कार्यक्रममा भिडियो निर्माणमा सहयोग गर्ने श्रीदेव भट्टराई, दिर्घ राज जोशी, नयनराज जोशी, विश्वास पराजुली, सञ्च बहादुर राई, सुस्मा भट्टराई, गोपाल ढकाल (छन्दे)लगायत करिव दर्शन बढी ब्यक्तिलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

युक्रेनले रुसको सामारा क्षेत्रमा रहेको TsSKB-Progress अन्तरिक्ष तथा रकेट उत्पादन केन्द्रमा लामो दूरीको क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति…

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

प्रतिकृयाहरू
...