Thursday 17th September 2026

कुवेतका प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले लगाए पहिलो कोरोनाविरूद्धको खोप


तितोपाटी- फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना बिरूद्धको खोप सुरु भएसंगै कुवेतका प्रधानमन्त्री शेख सबाह  अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले पहिलो खोप लगाएका छन् ।

कोरोना भाइरसविरूद्ध राष्ट्रिय खोप अभियानको थालनी गरेको जनाउँदै कुवेतका प्रधानमन्त्री खालिद फाइजर खोप लगाउँदै सुरक्षित रहेको सन्देश दिएका छन् ।विश्वब्यापी रुपमा २ लाख १० हजारले भाइरससँग लड्नका लागि खोप प्रयोग गरिसकेको पनि उनले बताए ।

यस्तै कुवेतका स्वास्थ्य मन्त्री डा. सबाहले पनि  खोप लगाउँदै भाइरसविरूद्ध खोप अभियान सुरु गरिएकाले अब जोखिम केही कम हुने जनाएका छन् ।उपप्रधानमन्त्री र क्याबिनेट मामिला राज्यमन्त्री अनास अल-सालेह, कुवेत रेड क्रिसेन्ट सोसाइटीका अध्यक्ष, हिलाल अल-सयेर, र प्रतिनिधि हमद अल-हर्षानीले कोरोनाविरूद्ध खोप लगाएका छन् ।

पहिलो चरण अन्तर्गत वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने छ ।१६ वर्ष भन्दा तलका ब्यक्तिलाई यो भ्याक्सिन दिईने छैन । अहिलेसम्म कोरोनाविरूद्धको खोप लगाउन कुवेतमा ७३ हजार भन्दाबढीले नाम दर्ता गराएका छन् ।

नेपालीसहित आप्रवासी श्रमिकले यो खोप लगाउन चाहे त्यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण नाम रजिस्टर गर्न सकिने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...