Wednesday 28th May 2025

हृदयघातका कारण कुवेतमा एक नेपालीको मृत्यु


चन्द्र गोतामे – कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउद १४ डिसेम्बर सोमवार को दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको थियो।
डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा दश वर्ष पहिले कुवेत आएका थिए । अल जजिरा कम्पनीमा ड्राइभर काम गर्दै आएका साउद सरोकार समाज कुवेतका सक्रिय सदस्य पनि हुन ।

मृतकको घरमा श्रीमति एक छोरा र एक छोरी छन ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार “डम्मर बहादुर साउदको मृत्यु भएको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आइसकेको छ । तर उनको मृत्युको कारण भने खुल्न नसकेको बताए । आज र भोली सम्ममा अस्पतालको रिपोर्ट आउने शिलवालले जनाएका छन । मृतकको शव नेपाल पठाउनको लागि कानूनी प्रक्रियाका कामहरु अगाडी बढाई सकिएको छ । तर मृतकको परिवार संग सम्पर्क हुन सकेको छैन । मृतकको परिवारको सम्पर्क नम्बर कोही संग छ, भने दूतावासलाई उपलब्ध गराई सहयोग गरिदिनको लागि पनि आग्रह गरेका छन।


सम्बन्धित शीर्षकहरु

अम्मान: १९६७ मा इजरायलले पूर्वी जेरुसेलम कब्जा गरेको अवसरमा सोमबार इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन ग्भिरले अल-अक्सा मस्जिद परिसरमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार घोषणा गरे कि मस्को युक्रेनसँग सम्भावित शान्ति सम्झौताको बारेमा…

दोहामा भईरहेको बार्तामा कुरा नमिल्न लाग्दा ईजरायल ले हमास विरुद्ध विशाल कारबाही थालेको छ । यस क्रम मा हरेक आक्रमणमा…

प्रतिकृयाहरू
...