Thursday 17th September 2026

कुवेत स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कोभिड-१९ खोपका लागि दर्ता सुरू


तितोपाटी- कुवेतमा कोरोना रोकथाम खोप लिन इच्छुक व्यक्तिहरूका लागि कुवेतस्थित स्वास्थ्य मन्त्रालयको आधिकारिक  वेबसाइटमा कोभिड१९ खोपका लागी दर्ता सुरू भएको छ।

देशमा कोरोना रोकथाम भ्याक्सिन लिन रुचि राख्नेहरूको लागि दर्ता लिंक जारी गरिएको छ। मूल निवासी विदेशी नागरिकहरुले  https://cov19vaccine.moh.gov.kw/SPCMS/CVD_19_Vaccine_Registration.aspxमार्फत दर्ता गर्नु पर्ने हुन्छ। दर्ता गर्ने व्यक्तिको नाम, राहदानी, नागरिक सिभिल आइडी नम्बर, सिविल आइडीको पछाडि रेकर्ड सिरियलनम्बर, सम्पर्क गर्नको लागि फोन नम्बर, आदि जानकारी दिनु पर्ने जनाएको  छ।

लिंक रेजिष्टर गर्ने व्यक्तिलाई फोन सन्देशको माध्यमबाट अपोइन्टमेन्ट सूचित गरिने बताइएको छ।

पहिलो चरणमा, एक व्यक्तिलाई दुई खुराक डोस दोस्रो डोस चार हप्ता पछि दिइनेछ। स्वास्थ्य मन्त्रालयले डोस प्राप्त गर्नेलाईप्रमाणपत्र समेत प्रधान गरिने जनाएको छ।

यो प्रमाणपत्र यात्रा को समयमा पीसीआरले यसलाई प्रमाणपत्रको प्रतिस्थापनको रूपमा प्रयोग गर्न सकिन्छ। अधिकारीहरूले १८बर्ष भन्दा कम उमेरका बालबच्चा , गर्भवती महिलाहरू, कुनै बीमारीको खोप लिनेहरू केही खानेकुरा औषधिहरूको प्रयोग गर्दा एलर्जीहुनेहरूलाई भने खोप उपलब्ध नगरीने बताएको छ।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...