Thursday 17th September 2026

एनआरएनए कतारद्वारा अलपत्र १४ नेपाली कामदारलाई निःशुल्क हवाई टिकट


तितोपाटी-  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कोरोना भइरसका कारण रोजगारी गुमाएर नेपाल फर्किने हवाईभाडा समेत जुटाउन नसकेका थप १४ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काएको छ ।

नेपाल फर्किनका लागि भाडा समेत जुटाउन नसकेका थप १४ जनालाई टिकटको व्यवस्था गरी स्वदेश पठाइएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

उनका अनुसार कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यववसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार पाँचौ चरणमा थप १४ जनालाई हवाई टिकट दिएको हो ।

१९ नोवेम्बरमा एक महिना भन्दा बढी एनसीसी कतारले खाना-बस्नको ब्यवस्थापन गरि बसेका माहोत्तरीकी उमा खड्का, सल्यानकी लक्ष्मी कुनवार र रौतहटकी निरा दर्लामी स्वदेश फर्काइएको अध्यक्ष मुसलमानले बताए ।

यसैगरी लामो समयदेखी हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराइरहेका लमजुङका नारायण भण्डारी,काभ्रेका हरि सरन मिजार, इलामका केशव कुमार कार्की, नुवाकोटका गजेन तामाङ लाई हवाई टिकटको व्यवस्था गरिएको उनले बताए ।

उनका अनुसार  सिरहाका पुर्सोत्तम पासवान, ईलामका सुष्मा लेपचा, मकवानपुरका मदन तिमिल्सिना, सिरहाका होमबहादुर कार्की, महोत्तरीका राज कुमार कपार, पर्बतका हरि बहादुर विश्वकर्मा तथा पूर्ण बहादुर बिकेलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको हो ।

हालसम्म एनआरएनए कतारले ४४ जना पीडित नेपालीलाई हवाई टिकेट उपलब्ध गराइ स्वदेश पठाइसकेको जनाएको छ।

साभार खबरहब बाट


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...