Monday 14th September 2026

कुवेतमा कार्यरत नेपालीहरुकाे राेजगारी सुरक्षाबारे छलफल


तितोपाटी- कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरका डेप्युटी डाइरेक्टर जनरल डा मुबारक अलबीच नेपाली श्रमिकहरुकाे राेजगारी सुरक्षाका विषयमा छलफल भएको छ।

कुवेतिस्थत पब्लिक अथाेरिटी अफ म्यानपावरमा सम्पन्न भेटघाटमा श्रमिकहरुकाे राेजगारी सुरक्षाका विषयमा जाेड दिइएको हाे।

भेटका मूलतः नेपाली कामदारहरूको वर्तमान अवस्था, कामदारको प्रवेशाज्ञा नवीकरण, आवास तथा तलब सुविधाको सहज व्यवस्था, कुवेत सरकारद्वारा विदेशी कामदारका लागि सञ्चालित आश्रय स्थलमा सहज पहुँच, रोजगारीको सुरक्षा तथा नेपालीका लागि यहाँको रोजगारीमा अवसर साथै काठमाडौं-कुवेतबीच शीघ्र प्रत्यक्ष उडान सुचारू गर्नुपर्ने लगायतका विषयमा छलफल भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

भेटघाट कार्यक्रममा दूतावासका श्रम सहचारी बिपना ज्ञवाली, यसोदा अधिकारी लगायत अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...