Thursday 17th September 2026

तितोपाटी डटकमको कार्यकारी सम्पादकमा थापा


तितोपाटी- कुवेतबाट प्रकाशित हुदै आएको अनलाईन खबर तितोपाटी मिडिया तथा कोसेली न्युजको कार्यकारी सम्पादकमा पत्रकार बसन्त थापा सर्वसहमत चयन भएका छन।

हिजो मंगलवार सम्पन्न तितोपाटी मिडियाको सम्पादक मण्डलको अनलाइन भर्चुअल बैठकले थापालाई कार्यकारी सम्पादकको जिम्मेवारी दिएको हो ।

बिगत चार वर्ष अधिदेखी पत्रकारीतामा सक्रिय एवम् नेपाल पत्रकार महासंघ कुवेत शाखाका सदस्य समेत रहेका थापा कुवेत आउनुपुर्व नेपालदेखीनै विभिन्न मिडियाहरुमा कलम चलाउदै आएका थिए।

झण्डै एकदशक देखी कुवेतमा कार्यरत थापा विभिन्न सामाजिक संघ शंस्थाहरुमा आवद्ध रहदै आएका छन साथै परोपकारी पत्रकारितामा समेत सक्रिय रहेका छन।

विगत एकदशक भन्दा अघीदेखी कुवेतबाट प्रकाशन सुरु गरी गल्फको नगरीमा फरक धारको पहिचान बनाएको तितोपाटी नेपाली पत्रकारितामा फरक धारको प्रतिनिधित्व गर्ने मिडियाको रुपमा स्थापित छ ।

कुवेत लगायत खाडीका अन्यदेशमा कार्यरत श्रमिक समस्या , लगायत अन्यकिसिमका घटनाको सत्यतथ्य सोही मिडिया मार्फत छिटो र छरितो बाहिर आउने मध्यमा पर्दछ।

कार्यकारी सम्पादकमा नियुक्त भएपछि थापाले मन, वचन र कर्मले सदैव सामाजिक पत्रकारितामा समर्पित भइरहने प्रतिवद्वता व्यक्त गरेका छन्।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...