Thursday 9th May 2024

कतारी दूतावासबाटै सिण्डिकेटको चलखेल


तितोपाटी- कतार वैदेशिक रोजगारीमा १७ ओटा म्यानपावर कम्पनीमार्फत मात्र कामदार पठाउने चलखेलमा नेपालमा रहेको कतारी राजदूतावास नै लागेको पाइएको छ ।

नेपालस्थित कतारी दुतावास र कतार भिसा सेन्टर (क्युभीसी) ले कतारको श्रम र रोजगार मन्त्रालयलाई १७ ओटा म्यानपावरमार्फत मात्र कामदार लिने मान्यता दिलाउन पहल र चलखेल गरिरहेको वैदेशिक रोजगार व्यवसायीको आरोप छ ।
१७ ओटा म्यानपावरमार्फत मात्र कतार कामदार पठाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका केही उच्च कर्मचारीको पनि सहयोग र संग्लनता रहेको व्यवसायीको आरोप छ ।
कतार भिसा सेन्टरका अध्यक्ष तथा एसओएस म्यानपावरका सञ्चालक हेम गुरुङकै नेतृत्वमा म्यानपावरको नाम छनोट गरिएको र भिसा सेन्टरकै नेतृत्वमा १७ वटा म्यानपावरमार्फत मात्र कामदार पठाउनका कतारी दूतावासले सहयोग गरिरहेको आरोप व्यवसायीको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँगै नेपालका लागि कतारी राजदूत राजदूत युसुफ बिन मोहम्मद अल हायल, कतारका लागि पूर्व राजदूत रमेश कोइरालाको समेत संलग्नता रहेको व्यवसायीले आरोप लगाइरहेका छन् । श्रम मन्त्री यादव भने यो विषयमा श्रम मन्त्रालयलाई आधिकारिक पत्र र जानकारी नभएको बताउँछन् ।
१७ ओटा म्यानपावर कतार कामदार पठाउन छनोट भएको विषयमा श्रम मन्त्रालयले छानविन समिति नै गठन गरेको श्रममन्त्री रामेश्वर राय यादवले जानकारी दिए । आफूले श्रम मन्त्रालय सम्हालेसम्म वैदेशिक रोजगारीमा जाने कामदारमाथि सिण्डिकेट लाद्न नदिने मन्त्री यादवको दाबी छ ।
‘सरकारले निश्चित मापदण्ड बनाएर वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएको छ । सरकारीस्तरमा श्रम सम्झाैता गरेर कामदार आपूर्ति हुन्छन् । श्रम सम्झौता विपरीत कुनै पनि देशमा सीमित म्यानपावरले सिण्डिकेटमार्फत कामदार पठाउन पाउँदैन्,’ उनले भने, ‘वैदेशिक रोजगारी क्षेत्रमा सिण्डिकेटका कारण धेरै समस्या भइरहेको छ । जसका कारण श्रम मन्त्रालयले कुनै पनि हालतमा सीमित म्यानपावरमार्फत कामदार पठाउन विषय मान्य हुँदैन् ।’
कतार वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका १७ वटा म्यानपावर कम्पनीले नेपालमा रहेको कतारी राजदूतावास, कतारका केही रोजगारदाता कम्पनी र कतारको श्रम मन्त्रालयका केही कर्मचारीसँगको मिलोमत्तोमा म्यानपावर छनोट भएको विषयमा सञ्चार माध्यामबाट मात्र थाहा पाएको श्रम मन्त्री यादवले शिलापत्रसँगको कुराकानीमा जानकारी दिए ।
श्रम मन्त्रालयले जानकारी नभएको बताएपनि नेपालस्थित कतारी दूतावासका एक कर्मचारीका अनुसार १७ वटा म्यानपावर क्युभीसीमार्फत कामदार पठाउने गरी छनोट गरिएको छ । सञ्चारमाध्यम समाचार आएपछि रातरात यो विषयमा सम्बन्धित निकायसँग व्यक्ति पछाडि सरेको ती कर्मचारीले बताएका छन् ।
विश्वकपका लागि कतारमार्फत ठूलो संख्यामा सुरक्षा गार्डको माग आउँदै छ । ती सुरक्षा गार्ड कतारी भिसा सेन्टरमार्फत १७ ओटा म्यानपावरले मात्र पठाउन चलखेलमा कतारदेखि सञ्जाल लागिपरेको ती कर्मचारीको भनाइ छ ।
श्रम सम्झौता विपरीत सिण्डिकेट
नेपालमा रहेको कतारी दूतावासले श्रम सम्झौता विपरीत १७ वटा म्यानपावरमार्फत मात्र कामदार पठाउन खोजेको वैदेशिक रोजगार विज्ञको आरोप छ ।
सरकारीस्तरमा भएको श्रम सम्झौताभन्दा बाहिर गएर दूतावासले कामदार आपूर्ति गर्ने देशको सम्बन्धित निकायलाई जानकारी नगराई सीमित म्यानपावर छनोट गरेको विषयमा राजदूतसँग स्पष्टिकरण लिनुपर्ने रोजगार विज्ञ डा.गणेश गुरुङ बताँउछन् ।
सिण्डिकेटका कारण वैदेशिक रोजगारी क्षेत्रमा विकृत्ति सिर्जना भइरहेको छ । यो विषयमा सरकारले गम्भीर भएर काम गर्नुपर्ने विज्ञ डा.गुरुङको सुझाव छ । सिण्डिकेटका कारण वैदेशिक रोजगारीमा जाने कामदारसँगै श्रमिक आपूर्ति गर्ने र लिने देशबीच कुटनीतिक सम्बन्धमा समेत असर पर्ने उनको भनाइ छ । सिण्डिकेटकै कारण मलेसियाको रोजगारी २ वर्षदेखि सुचारु हुन नसकेको डा.गुरुङको बुझाइ छ ।
हाल वैदेशिक रोजगारीमा कामदार पठाउन ८ सय ५४ म्यापावर कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता छन् । तीमध्ये करिब ५ सय म्यानपावरले कतार कामदार पठाउँदै आएका छन् ।
१७ म्पानपावरको छानविन र स्पष्टीकरण
व्यवस्थापिका संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कतारको रोजगारीमा नेपाली श्रमिक पठाउन सीमित व्यवसायीले सिण्डिकेट गर्न खोजेको विषयमा चासो देखाएको छ ।
समितिले नेपालबाट कतारमा नेपाली श्रमिक पठाउनका लागि १७ वटा म्यानपावर कम्पनी संगठित भएर सिण्डिकेट गर्न खोजेको विषयमा अनुसन्धान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिको सोमवार बसेको बैठकले ति कम्पनीहरु संगठित भई एकाधिकार कायम गरेको निवेदन समितिमा परेको भन्दै सो सम्बन्धमा के भएको हो स्पष्टीकरण सोधी विस्तृत छानविन गर्न र अनुसन्धान गरी सत्यतथ्य विवरण सहितको प्रतिवेदन ७ दिनभित्र पेस गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको हो ।
सिण्डिकेटका बारेमा १७ म्यानपावरसँग स्पष्टिकरण सोधी विस्तृत छानविन गर्न र अनुसन्धान गरी सत्यतथ्य विवरण सहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको हो ।
श्रम मन्त्रालयले पनि १७ वटा म्यानपावर कम्पनी संगठित भएर सिण्डिकेट गर्न खोजेको विषयमा अनुसन्धान थालेको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागमा महानिर्देशक कुमारप्रसाद दहालको नेतृत्वमा छानविन समिति गठन गरेका काम थालेको छ ।
छानविन समितिले तत्काल छानविन गरेका सत्यतथ्य विवरण र वास्तविक विषय बाहिर ल्याउन विभागका महानिर्देशक दहालले जानकारी दिए ।
कतार जाने कामदारमाथि सिण्डिेकटका लागि नाम छनोटमा परेका म्यानपावर कम्पनीसँग वैदेशिक रोजगार व्यवसायी संघले स्पष्टिकरण लिन थालेको जानकारी दिएको छ । यादि १७ ओटा म्यानपावरले कतार कामदार पठाउन सिण्डिकेट गरेर तत्काल कतार कामदार पठाउन बन्द गर्ने संघले श्रम मन्त्रालयलाई चेतावनी दिएको छ ।
कतार सरकारले विदेशी कामदारका हकमा श्रम कानुन सहज बनाउँदै गएपछि त्यहाँ जाने नेपाली कामदारको आकर्षण बढ्दो छ । कतारमा हाल करिब ४ लाख कामदार रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ ।
नेपालबाट रोजगारीको खोजीमा वार्षिक १ लाख नेपाली कामदार म्यानपावरमार्फत जाने गरेका छन् । नेपाली कामदार रोजगार गन्तव्य देशभित्र कतार पर्छ । यो समाचार शिलापत्रमा रमेश भरतीले लेखेका छन


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...