Wednesday 31st December 2025

साउदीमा कार्यरत आप्रवासी श्रमिकले रोजगारदाताको अनुमतिबिना कम्पनी परिवर्तन गर्न पाउने


तितोपाटी- नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक साउदी अरबमा आप्रवासी श्रमिकहरुले सहज रुपमा कम्पनी परिवर्तन गर्न पाउने भएका छन् ।

साउदी सरकारले श्रमिकहरुले सहज रुपमा कम्पनी परिवर्तन गर्न पाउने तथा करार अवधि सकिएपछि रोजगारदाता कम्पनीको अनुमतिबिना स्वदेश फर्कन पाउने व्यवस्था गरेको हो ।

साउदीस्थित मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार घोषणा गरेको सो व्यवस्था आगामी १४ मार्चदेखि कार्यान्वयनमा आउनेछ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि करार अवधि सकिएपछि कामदारहरुले आफ्नो रुचि र सीपअनुसार कम्पनी परिवर्तन गर्न पाउने छन् । यसअघि कामदारहरुले आफू कार्यरत कम्पनीको अनुमति बिना अन्य कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था थिएन । करार अवधि सकिएर स्वदेश फर्कनसमेत रोजगारदातासँग अनुमति चाहिने व्यवस्था थियो ।  हाल साउदीमा ३ लाख ५० हजारको हाराहारिमा नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान गरिएको छ । नेपाल सरकारले साउदीका लागि २ वर्ष करार अवधिको श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।साभार नेपाललाईभबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...