Thursday 8th October 2026

राष्ट्रपतिले सर्वसाधारणलाइ दशैंको टीका लगाउने कार्यक्रम स्थगित


तीतोपाटी – यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वसाधारणलाइ दशैंको टीका जमरा लगाइदिने कार्यक्रम स्थगित भएको छ । विश्वव्यापी महामारी कोभिड-१९ को संक्रमणको कारण राष्ट्रपति शक्तिपीठमा जाने कार्यक्रम तथा सर्वसाधारणलाई दसैंको टीका लगाइदिने कार्यक्रमसमेत नहुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले कोरोना संक्रमणको भय रहेकोले शक्तिपीठमा पूजापाठ गर्ने र सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नहुने जानकारी गराएको हो। राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्‍न शक्तिपीठहरूमा दर्शनार्थ सरिक हुने साथै विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्ने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त सबै कार्यक्रमहरू नहुने व्यहोरा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

अघिल्ला वर्षहरूमा दशैंको महाअष्टमी र कोजाग्रत पूर्णिमामा राष्ट्रपति भण्डारी शक्तिपीठमा गएर दर्शनसँगै पूजापाठ गर्दै आएकी थिइन्। दशैंको टीका अवधिमा राष्ट्रपतिबाट सर्वसाधारणले टीकासमेत ग्रहण गर्ने कार्यक्रम यसपटक नराखिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...