Thursday 11th September 2025

दशैं विशेषः यसपाली दशैं अनलाइनमा


नारायण कोइराला – दुनियाँ बन्दिमा परेको छ,नेपाल पनि त्यसबाट अछूतो हुने कुरो त भएन। सडक गल्ली सुनसान छन।हिन्दूहरूको महान चाँड दशैं आईसकेको छ। मानिसहरू यसको लागि झिनो तयारी गर्दै छन्।अवस्था अनुसार कुरो पनि ठीक हो।खुल्ला आकाश मुनि बन्दी जीवनमा ठूलो रमाइलो देख्ने कुरा पनि भएन। नवदुर्गा भवानीको पूजा गर्ने कसरी? सबै मन्दिर पनि बन्दीको मारमा बन्द छन्। माफ गर्नुहोला दुर्गाभवानी भन्नु पर्ने अवस्था छ।

गाउँभरि हुने रमाइलो पन यसपाली कम देखिने पक्का छ।रातो माटोले घर सिँगार्ने अनि सेतो माटोले डिजाइन बनाउने रूचि पनि कम देखिन्छ यसपाली। सबै जम्मा भएर कामको बाँडफाँड गरी तयारी गर्ने अवस्था पनि रहेन। गाउँटोल सरसफाइ गर्ने अभियान पनि गफ नगरी हुने अवस्था छ। कस्तो अचम्म!सबथोक मेरो हातमा छ भन्ने मानवलाई प्रकृतिले कस्तो चुनौती दियो?

यसपाली गाउँमा विदेशबाट गएका परदेशीहरुको अवस्था त झन पीडादायी हुने पक्का छ। सधैं घर जाँदा साथीभाइको भीड झेल्न नसक्ने हुन्थ्यो भने यसपाली एक्लोपनले सताउने छ। हाँसेर बोल्ने रमाउने कुरा त भएन , आफन्तहरू पनि दुरी कायम गरेर बस्नु पर्नेछ। के विडम्बना हो यो?मनमा आगो बल्छ तर गर्नु के दुनियाँ कोरोना सँग डरको बन्दीमा छ। बाँच्ने रहर सबैलाई हुँदो रहेछ।एक पटकको जिन्दगीमा मर्नु त छ नै फेरि पनि प्यारो लाग्छ आफ्नो जिन्दगी।

यो अवस्थामा अब के गर्ने केही जुगाड त गर्नु पर्ने भयो। दशैं जस्तो महान चाड पर्वको बेलामा पनि सरकारलाई के गाली गर्नु खोइ?अवस्था अनि ब्यबस्था हेर्दा मुख बन्द गरेर बस्ने अवस्था पनि छैन्। यस्तो महामारीको बेलामा सरकारबाट कुन्नै राहतको व्यवस्था गरिएको छैन।भोक, रोग अनि मानसिक तनाबले सताएको यो विकराल अवस्थामा आफूलाई मात्र नभई अरूलाई पनि बचाउनु पर्ने अबस्था छ। रमाइलो पन नभए पनि परम्परा अनुसार केही त गर्नु पर्ने छ।

अब गर्ने के ? भन्ने कुराले पनि सताएको छ। सबै जमघट हुने कुरो भएन । त्यसको विकल्प के? यहाँ आएर कुरा रोकिन्छ। हामी परदेशीलाई त बानी परी सकेको छ।यहाँ त यस्तो स्थिति सामान्य नै हो ।बिहान आशिर्वाद लियो अनि डिउटीमा।घरतिर त मन हुन्छ रातो टीका पहेंलो जमरा लगाउने।अनि बुढा पकाबाट आशिर्वाद लिने।आशिर्वाद पनि के दिने म बच्पनमा हुँदा सन्तानले डाँडा कडा भरिउन भन्नु हुन्थ्यो हजूर आमाले ।अलि जवान हुँदा आशिर्वादको रूप परिवर्तन भयो।बाबु आमालाई राम्रो संग पाल्नु पढेर ठूलो मान्छे बन्नु। अहिलेको अवस्थामा यो आशिर्बाद काम आऊने देखिन्न।यसपाली त कोरोना नलागोस् भन्ने आशिर्वाद उदय हुँदै छ त्यो पनि दूरी कायम गरी।एउटै थालमा अर्षा , झिनेया, काक्राको अचार अनि आलुको चुकाउन्ने खाने अवस्था पनि छैन। त्यति मात्र कहाँ हो र? दसैंमा मासु खानु त हाम्रो परम्परा जो छ। यो रमाइलो पन पनि यसपाली खल्लो हुँदैछ। हामी समूहमा जम्मा हुन सक्ने सम्भावन छैन।

अब अन्तिम विकल्प के?
यसपाली एउटा विकल्प देखिएको छ, अनलाइनमा दशैं। यसको लागि पनि सरकार सँग हामीले अनुरोध गर्नु पर्ने छ। सरकार यसपाली दशैंमा कुलमान नभए पनि बत्ती नजाओस् ,किनकि हामी अनलाइनमा दशैं मनाएर आशिर्वाद लिने दिने गर्दै छौ।

तानसेन,पाल्पा
हाल :यूएई


सम्बन्धित शीर्षकहरु

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको…

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

प्रतिकृयाहरू
...