Wednesday 7th October 2026

नेपाली श्रमिक छ महिनाभित्रमा इजरायल जान पाउने


काठमाडौँ – नेपाल र इजरायल सरकारबीच भएको श्रम समझदारीअनुसार अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान सुरु गर्ने छन् । दुई देशबीच कार्यान्वयन प्रोटोकलमा श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यससम्बन्धी कार्यविधि तयार गरेर श्रमिक पठाउने प्रक्रिया गर्ने जनाइएको छ । त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच प्रोटोकलमा हस्ताक्षर हुनेछ ।

नेपाली श्रमिकले इजरायलको केयरगिभर, कृषि, होटल, रेस्टुरेस्ट, निर्माणलगायतका क्षेत्रमा रोजगारीको अवसर पाउने छन् तर प्रत्येक क्षेत्रमा रोजगारीको अवसर खुल्नका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया खुला हुनेछ ।यसअन्तर्गत पहिलो चरणमा केयरगिभरको क्षेत्रमा पाँच सय नेपाली श्रमिक इजरायलले लैजाने छ । नेपाली श्रमिकलाई इजरायल पठाउने काम वैदेशिक रोजगार विभागले गर्नेछ ।

विभागका महानिर्देशक कुमार दाहालले अबको छ महिनाभित्र पहिलो चरणका लागि तोकिएका पाँच सय जना इजरायल जान सुरु हुने बताए । उनले भने, “यो प्रक्रियाबाट इजरायल गएकाले आआफ्ना क्षेत्रमा के कस्तो इमानदारी देखाउन छन्, त्यही आधारमा पछि थपिने सङ्ख्याको टुङ्गो लाग्नेछ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...