Sunday 22nd March 2026

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८१ पुग्यो


तितोपाटी-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन । मन्त्रालयका अनुसार थप २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । आज सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिलाको मृत्यु भएको  छ । यस्तै बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय महिलाको मृत्यु भएको छ ।

सोमबार मात्रै १३५१ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको सख्या ७४,७४५ पुगेको छ । ७४२ जना संक्रमित निको भएर घर फर्किएका छन । भने हाल सम्म निको हुनेको संख्या ५४६४० पुगेको छ साथै थप ४ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...