Saturday 27th April 2024

गीति कविता- छन्द सवाई – दोसाँध


तितोपाटी
म त हजुर दोसाँधमा उभिएको मान्छे
न त यता न त उता दोधारमै बाँचेँको मान्छे

गलकोट जन्मघर अमेरिका बस्छु!

पिर ब्यथा मनैभरी अलिकति पोख्छु।
जन्मभूमी भन्ने गर्छ तँ त देश छाडिस्!
बिदेशले भन्ने गर्छ तँ बिदेशी परिस्!
कता जाने के पो गर्ने अलमल्ल भएँ!
को पो बुझ्ला मर्म मेरो आफै मात्र रोएँ।
मेरो पनि रगतमा नेपाल नै बग्छ!
ढुकढुकी तलमाथि नेपाल नै हान्छ!
बिदेश पस्न बाध्य भएँ अवसर मिल्दा!
ऐले पिडा धेरै भयो निस्की हाल्यो फुत्त।
कवि पनि बुझ्ने हैन कविको यो मर्का
किन होला यस्तो बिधि म त छक्क दङ्ग!
साहित्यमा राजनीति हुँन्न होला भन्थेँ!
कवि पनि त्यतै ढल्के किन होला गाँठे ।

किन होला तेरो मेरो छुट्ट्याउने कवि!
यो चालाले के पो बन्ला हाम्रो राम्रो छवि!
मान्छे हूँ म मान्छे बनी मान्छेको साथ!
मान सम्मान दिई लिई सँगै बाँच्ने आशा ।
धन्यवाद!!!

हरि शर्मा(गलकोटे कवि)
हाल: मिसिंगन, अमेरिका।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...