Wednesday 7th October 2026

वामदेव गाैतमले राष्ट्रिय सभा सदस्यको सपथ लिए


तितोपाटी – राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । गाैतमलाई बिहीबार अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

सपथपछि गौतमले जनताप्रति बफादार भएर काम गर्ने बताएका छन् । नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने पनि बताएका छन् ।

गाैतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...