Thursday 29th January 2026

भक्तपुरको मध्यपुर ठिमी -९ मा एकै परिवारका ३ जना मृत अबस्थामा फेला परे


तितोपाटी – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको हो ।

महानगरीय प्रहरी वृत्तका अनुसार (आज) शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त अधिकारीको शव घरमै फेला पारिएको हो । तीनजनाको शव फरक–फरक तलामा भेटिएको प्रहरीले जनाएको छ । शव उनीहरूको आफ्नै घरमा गन्हाइ सकेको अबस्थामा भेटिएको हो ।

महानगरीय प्रहरी वृत्तले यस घटनाबारे अनुसन्धान थालेको बताएको छ । साथै, यस घटनामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्ने पनि जनाएको छ ।

घरको पहिलो तल्लामा छोरा सुशान्त, दोश्रो तल्लामा श्रीमती सम्झना अधिकारी र कुकुरको शव र माथिल्लो तलामा सुदीप अधिकारीको शव फेला परेको बताइएको छ । केही दिन पहिले नै घटना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

उक्त घटना कहिले भएको र कसले गरेको भन्ने विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

प्रतिकृयाहरू
...