Thursday 29th January 2026

नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने


तितोपाटी – नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भएको छ । प्रधानमन्त्री केपी ओली गाैतमलाइ राष्ट्रिय सभामा लैजान सहमत भएपछि बिहीबार बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय गरेको हो ।

ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन खोजेका थिए । पूर्ववत निर्णयअनुसार आफू राष्ट्रिय सभा सदस्य भई सरकारमा जाने उपाध्यक्ष गौतमले सार्वजनिक रूपमै दाबी गरेपछि प्रधानमन्त्री ओलीमाथि ठूलै नैतिक दबाब परेको थियो ।

राष्ट्रपतिले मनोनयन गर्ने एक सांसदको पद राष्ट्रिय सभामा खाली छ । खाली पदमा गौतमलाई मनोनयन गर्ने बारेमा गत १४ फागुनमा बसेको नेकपाको सचिवालय बैठकमा निर्णय भएको थियो तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा जान सकेको थिएन ।

संसद् सदस्य नरहे पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको जगमा पछिल्लोपटक फागुनमा अर्थमन्त्रीमा निरन्तरता पाएका खतिवडाको कार्यकाल २१ भदौमा सकिँदै छ ।


सम्बन्धित शीर्षकहरु

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

प्रतिकृयाहरू
...