Sunday 4th October 2026

कालिकोट पहिरो अपडेटः मर्नेको संख्या १० पुग्यो, २ को उद्दार, २ अझै बेपत्ता


तितोपाटी – कालीकोट जिल्लाको तिलागुफा नगरपालिका– १ नाग्म बजारमा हिँजो आइतबार झरेको सुक्खा पहिरोले ४ घर पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा परि एकै परिवारका ४ जना सहित १० जनाको मृत्यु भएको छ भने २ जनाको जिवितै उद्दार गरिएको छ । अझै २ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको मृत्यु भएको छ । ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो ।

त्यसै गरि सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीवितै उद्धार गरेर अस्पताल पठाइएका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य छ भने बेपत्ता २ जनाकाे उद्धार तथा खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ । उद्दार कार्यमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीय पनि लागिपरेका छन्  ।

कर्णाली राजमार्गअन्तर्गतको कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका, जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो ।


सम्बन्धित शीर्षकहरु

किएभ, अक्टोबर ४ — जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनको राजधानी किएभमा समर्थन जनाउन पुगेकै दिन रुसी ड्रोनले शहरको महत्वपूर्ण नर्दर्न…

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

प्रतिकृयाहरू
...