Wednesday 30th July 2025

कोरोना परिक्षणको शुल्क घट्यो, लक्षण देखिएका बिरामीलाइ मात्र निःशुल्क परिक्षण गरिने


तितोपाटी – नेपालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको शुल्क घटेको छ । अब उप्रान्त जम्मा ४ हजार ४ सयमा पीसीआर परीक्षण गराउन सकिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो। त्यसै गरि कोरोना संक्रमणको लक्षण देखिएका बिरामीलाइ मात्रै निःशुल्क परिक्षण गरिने निति पनि सरकारले लिएको छ ।

यसअघि सरकारले पीसीआर परीक्षण गराउन ५५ सय रुपैयाँ शुल्क तोकेको थियो। सरकारले लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण निःशुल्क गर्ने भए सँगै अब लक्षण नदेखिएका व्यक्तिले भने सरकारले अनुमति दिएका अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गराउनु पर्नेछ।

त्यसै गरि सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसरण गर्दै कुनै पनि अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमितको पहिलोपटक स्वाब लिइ सके पछि पुनः १० अाैं दिनमा पीसीअार परिक्षण गर्ने, नेगेटिभ अाएमा डिस्चार्ज गर्ने र पोजिटिभ अाएमा त्यसपछि भने परिक्षण नगरी ४ दिन पछि डिस्चार्ज गर्न गराउन पनि सबैमा जानकारी पनि गराएको छ ।


सम्बन्धित शीर्षकहरु

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

प्रतिकृयाहरू
...