Wednesday 31st December 2025

सरकारद्वारा कोभिड-19 उपचारको लागि देशभर ६००० बढि शैया थप


तितोपाटी – नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि देश भर ६ हजार भन्दा बढि शैया थप गरेको जनाएको छ । शुक्रबार अपरान्ह स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले सो कुराको जानकारी दिएका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या अनपेक्षित रूपमा बढ्न थालेपछि सरकारले अस्पतालमा कोभिड-19 उपचारको लागि शैया संख्या बढाएको हो ।

यसका लागि सरकारले केन्द्रका अस्पतालहरूमा एक हजार शैया थप गरेको छ । प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ शैय्या थप गरिएको छ । यस्तै, अस्पताल नभएका ६ सय ४९ स्थानीय पालिकामा प्रति पालिका ५ शैयाको अस्पतालको दरले ३ हजार २ सय ४५ शैय्या अावश्यक जनशक्ति सहित थप गरेको प्रवक्ता गाैतमले जानकारी दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...