Friday 2nd January 2026

सप्तर्षि – छन्द: शार्दूलबिक्रीडित -हरि शर्मा (गलकोटे कवि)


सप्तर्षि सबको प्रशान्त मनको अत्यन्त सम्मानमा ।
गर्दैछौँ सबले खुलस्त मनले पूजा र आराधना ।
पाखण्डी जनको उजण्ड मनको निर्लज्ज दुर्भावको।
अन्त्यष्टी हुनको निमित्त यसरी श्रध्दा र पूजा भयो ।१।

अत्री कश्यप भारद्वाज जमदग्नी साथ संलग्न यी।
बिश्वामित्र त्यहीँ वशिष्ठ भरिला शार्दूल जस्ता अति।
ज्ञानी गौतमको भएन तुलना सँसार हाँक्थे कति ।
साबित्री सरिता अरुन्धति भई देखिन्छ साथै पनि ।२।

हरि शर्मा (गल्कोटे कवि)
मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...