Thursday 13th August 2026

सप्तर्षि – छन्द: शार्दूलबिक्रीडित -हरि शर्मा (गलकोटे कवि)


सप्तर्षि सबको प्रशान्त मनको अत्यन्त सम्मानमा ।
गर्दैछौँ सबले खुलस्त मनले पूजा र आराधना ।
पाखण्डी जनको उजण्ड मनको निर्लज्ज दुर्भावको।
अन्त्यष्टी हुनको निमित्त यसरी श्रध्दा र पूजा भयो ।१।

अत्री कश्यप भारद्वाज जमदग्नी साथ संलग्न यी।
बिश्वामित्र त्यहीँ वशिष्ठ भरिला शार्दूल जस्ता अति।
ज्ञानी गौतमको भएन तुलना सँसार हाँक्थे कति ।
साबित्री सरिता अरुन्धति भई देखिन्छ साथै पनि ।२।

हरि शर्मा (गल्कोटे कवि)
मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...