यसपालीको तिजमा कोरोनाको डर ।
कहाँ जान पाईएला र माईतीको घर ।
बिरानो पो हुने हो कि मेरो माईती घर ।
अर्को वर्ष पोहोर जस्तै आउँछु बरोबर ।१।
मिलेरै बसौं सासु,नन्द सबैजना कर्म घर ।
आमा अनि बहिनी समान छैन कोही पर ।
आगे साल अाउँछु वर यो साल पर-पर ।
कालले साँचे फेरि फेरि,खाउँला नि दर ।२।
सुरच्छित रहन नहिड्नुहोस् लखर लखर ।
न निस्किउँ बाहिर भित्रै बसौं आफ्नो घर ।
ज्यान भन्दा ठुलो हैन चाड मनाउने रहर ।
के हुँदैछ दैनिक सुनौं कोरोनाको खबर ।३।
जे जस्तो छ खुसी हुँदै जहाँ डेरा, कोठा, घर ।
बँच्ने उपाय खोजौं, खान चाहिन्न दुधको तर ।
सम्झिँदा नि दुख्छ मुटु छाती चिरी चरचर ।
कति बनायो बिजोग कति रुन्छन् धरधर ।४।
देशै भरी कोरोना,बाढी-पहिरो वर्षा झरझर ।
मानव विनाश सुन्दा कम्प छुट्यो थरथर ।
त्यसैले यसपालीको तिज मान्ने कर्म घर ।
साँच्चै बाँचे अर्को वर्ष तिज मान्ने जन्म घर ।५।
-प्रमिला पराजुली (भण्डारी)
पेप्सीकोला, काठमाडाैं ।